समय : १२:४२ am | बुधबार , वैशाख २९ गते २०८३

जनप्रतिनिधि र कर्मचारीलाई महिनाको एक दिन अनिवार्य श्रमदान

अर्थ विशेष | श्रावण ८ गते २०८१

मान्म । कालीकोटको पलाँता गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीले महिनामा एक दिन अनिवार्य श्रमदान गर्नुपर्ने भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१र८२ नीति तथा कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीले अनिवार्य श्रमदान गर्ने नीति ल्याएको हो।शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, पोखरी, सिँचाइ, चौतारो, पाटीपौवा, सरसफाइ र सार्वजनिक निर्माणको क्षेत्रमा सामाजिक सद्भाव र एकताका लागि अनिवार्य श्रमदानको नीति ल्याएको गाउँपालिकाले जनाएको छ। कर्मचारी, शिक्षक र जनप्रतिनिधि मिलेर प्रत्येक महिनाको पहिलो शुक्रबार अनिवार्य श्रमदान गर्ने नीतिमा उल्लेख छ।

नेपाली समाजमा श्रमदान गर्ने परम्परा पुरानै रहेको र अहिले हराउँदै गएका कारण महिनाको एकदिन अनिवार्य श्रमदान गर्न गराउन कर्मचारी, शिक्षक र जनप्रतिनिधि मिलेर अनिवार्य श्रमदान गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताए।ुगाउँघरमा खेती किसानीमा पर्म जाने परम्परा उस्तै छ। पर्मकै परिमार्जित रुप श्रमदान रहेकाले गाउँको सद्भाव कायम गर्न जनश्रमदान अनिवार्य बनाएका छौँु, उनले भने, ुगाउँघरमा बाटाघाटा, नाला, पुलपुलेसा बनाउन तथा कुलो खन्न श्रमदान गर्ने गरिन्छ। अहिले श्रमदान गर्ने प्रचलन हराउँदै गएको छ।

श्रमदानसँगै विकासमा केही टेवा पुग्ने भएकाले श्रमदान गर्नुपर्ने संस्कृतिको विकास गर्न लागिएको अध्यक्ष रोकायाले जानकारी दिए। श्रमदान गर्ने पराम्परा हराउँदै गएकाले त्यसको पुनर्ताजगी गर्न श्रमदान अनिवार्य गर्ने नीति ल्याएको अध्यक्ष रोकायाको भनाइ छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्