समय : ०६:११ pm | सोमबार , पौष ८ गते २०८१

एनआईसी एशिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा चोलराज शर्मा जोशी नियुक्त

अर्थ विशेष | श्रावण ८ गते २०८१

काठमाडौं । एनआईसी एशिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक तथा प्यारेन्ट कम्पनी एनआईसी एशिया बैंक लिमिटेडबाट डेपुटेड भई ०७७ साउनदेखि संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएका लक्ष्मण चालिसेलाई बैंकको निर्णयले फिर्ता गरेपछि संस्थाको साउन ६ गतेको बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकृतमा चलराज शर्मा जोशीलाई नियुक्त गरेको हो ।

साउन ६ गतेबाट लागू हुने गरी संस्थाको कार्यकारी प्रमुखको जिम्मेवारी पाएका उनको कार्यकाल ४ वर्षको हुने जनाइएको छ । साथै उनले ७ गते नै संस्थाका अध्यक्ष प्रकाशराज शर्मा समक्ष सपथ ग्रहण गरी पदबहाल गरिसकेका छन् ।

लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभव भएका चोलराज शर्मा जोशीले मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनको दूरदर्शी नेतृत्व तथा कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्