समय : १२:४९ am | बुधबार , वैशाख २९ गते २०८३

हिमालयन डिस्टिलरी सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित

अर्थ विशेष | श्रावण ८ गते २०८१

काठमाडौं । नेपालको अग्रणी मदिरा उत्पादन कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कारबाट सम्मानित भएको छ। इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को १०औँ वार्षिक परिषदको भव्य समारोहमार्फत हिमालयन डिस्टिलरीलाई सम्मान गरिएको हो।


उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको र यस पुरस्कारबाट अझै हौसला मिलेको कम्पनीले जनाएको छ। साथै, आगामी दिनमा कर्पोरेट सुशासन र वित्तीय अखण्डताको उच्चतम मापदण्ड कायम गर्ने प्रतिबद्धता कम्पनीले गरेको छ।

उत्पादन क्षेत्रमा राष्ट्रिय प्रतिवेदन पुरस्कारको सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित भएको हिमालयन डिस्टिलरीले आफ्ना वितरक, कर्मचारी, व्यवस्थापन, सेयरधनीसहित सम्पूर्णमा निरन्तर सहयोग र साझेदारीका निम्ति कृतज्ञतासमेत गरेको छ। मूल्यवान साझेदारहरूको निरन्तर सहयोगका साथ, कम्पनीले अझ बढी उचाइ हासिल गर्नसक्ने कम्पनीको विश्वास छ।

उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागि साउथ एसियन फेडरेसन अझ अकाउन्टेन्टस ९साफा० मा पठाइने भएकाले नेपालको प्रतिनिधित्व गर्दै सुशासनमा प्रतिस्पर्धाका निम्ति हौसला प्राप्त भएको कम्पनीले जनाएको छ।सन् १९८५ मा स्थापना भएको मुलुकको अग्रणी मदिरा उत्पादक हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्लाक ओक, सिल्भर ओकजस्ता लोकप्रिय मदिरा उत्पादन गर्दै आएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्