समय : ०२:१२ am | बुधबार , वैशाख २९ गते २०८३

मादमे खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

अर्थ विशेष | श्रावण २ गते २०८१

काठमाण्डौ । मादमे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको असार २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १७ गते बिहिबारका दिन ललितपुर ज्वागलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्