समय : ०९:५८ am | बुधबार , पौष १० गते २०८१

व्यावसायिक केराखेतीमा रमाएका निर्मल

अर्थ विशेष | असार ३१ गते २०८१

नवलपरासी । पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ। चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आएका छन्।नवलपरासी( पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ। चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आएका छन्।

दीर्घकालीन सोचसहित निर्मलले कावासोती नगरपालिका(१० रतौलमा १२ बिघा जमिन भाडामा लिएर व्यावसायिक केराखेती गरिरहेका छन्। छिटो आम्दानी गर्न सकिने, अनुकूल हावा पानी र वातावरण, सिँचाइ, बजारको सुविधासमेत रहने भएकाले कावासोतीमा व्यावसायिक केराखेतीतर्फ आफू आकर्षित भएको उनले बताए।पहिलो वर्ष प्रतिगोटा ४० रूपैयाँका दरले १७ हजार आठ सय ५० वटा बिरुवा ल्याएर केरा खेती सुरु गरेको होु, उनले भने, तीन वर्ष अगाडि रोपेका बिरुवाले अहिले उत्पादन दिन थालेका छन्।


निर्मलले गरेको व्यावसायिक केराखेतीबाट दुईजनाले रोजगारीसमेत पाएका छन्। उनी आफै पनि पूर्णरूपमा काममा लाग्ने गरेका छन् भने अन्य दुईजनासहित आवश्यकताअनुसार दैनिक ज्यालामा कामदार राख्ने गरेका छन्। अहिले केराखेतीबाट मेहनतअनुसारको आम्दानी हुन थाले पछि उनलाई सन्तुष्टि दिलाएको छ।

ुअहिले बारीमै भैरहवा, बुटवल र आसपासका व्यापारीले प्रतिगोटा सात रूपैयाँका दरले काँचो केरा खरिद गरेर लाने गरेका छन्ु, उनले भने, ुप्रतिफल राम्रै पाएकाले अझै विस्तार गर्ने योजनामा रहेको छु।ु

समयमा बीउ, मल नपाउनु, सिँचाइको अभाव, कामदार नपाउनुजस्ता समस्याले गर्दा केरा खेती गर्ने किसानले दुःख पाउने गरेको उनको अनुभव रहेको छ। पर्याप्त सिँचाइ नभएकाले थोपा सिँचाइबाट खेती गरेको निर्मलले बताए।

ुसिँचाइ, हावाहुरी र कीरा केराखेतीको मुख्य समस्या रहेछन्, रोग लागेन र हावाहुरीले क्षति पुगेन भने यसबाट राम्रो आम्दानी लिन सकिने रहेछु, उनले भने। नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा करिब पाँच सय ५१ हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए।

ुकृषि ज्ञान केन्द्रमार्फत व्यावसायिक केराखेती गर्ने किसानलाई प्रोत्साहनस्वरूप ५० प्रतिशत अनुदान दिँदै आएका छौँ, उनले भने, ुकिसानको खेतबारीमा गएर अनुगमन गरी समस्याका बारेमा सुझाव दिने गर्ने गरेका छौँ।ु

पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिने क्रम बढ्दो छ। केही युवा स्वदेशमै स्वरोजगारसँगै आम्दानीको क्षेत्र पहिचान गर्न लागि परेका छन्। यसरी स्वदेशमै पसिना बगाउन चाहने युवालाई राज्यले उचित सहयोग गर्ने हो भने रोजगारीको समस्या नपर्ने किसानको भनाइ छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्