काठमाडौं । चितवनको रत्ननगरमा नेपालकै ठूलो शीतभण्डारसहितको भाटभटेनी मल्टिप्लेक्स निर्माण हुने भएको छ।भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग उमेश श्रेष्ठको साझेदारीमा निर्माण हुने उक्त पूर्वाधारको आज शिलान्यास भएको हो। आज बिहानै पूजापाठ गरी शिलान्यास गरिएको हो।देशभर भण्डारण गर्न मिल्ने हरियो तरकारी तथा फलफूललाई बजारीकरण गर्ने तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनका लागि भन्दै यो शीतभण्डार निर्माण गर्न लागिएको हो।सुपरस्टोर विस्तार गरिरहेको भाटभटेनीले चितवनमा निर्माण गर्न लागेको यो मल्टिप्लेक्स भने फरक रहेको छ। यसमा अत्याधुनिक शीतभण्डार पनि हुने छ।
ष्mबनभक
१० हजार टन क्षमताको शीतभण्डामा अहिलेको विश्वमा उपलब्ध उत्कृष्ट प्रविधिसहितको हुने कम्पनीले जानकारी दिएको छ। यो शीतभण्डारणबाट अहिले अरु स्टोरमा पनि आपूर्ति हुने र क्रमशस् देशका मुख्य सहरमा भएका स्टोरमा पनि निर्माण गर्दै जाने गुरुङको योजना रहेको छ।
उपयुक्त शीतभण्डार नहुँदा बेमौसममा फलफूल तथा तरकारी विदेशबाट ल्याउनुपर्ने र सिजनमा किसानले फाल्नुपर्ने अवस्था रहेको छ। उपयुक्त मूल्य, सदाबहार बजारको ग्यारेन्टी नहुँदा किसानहरू उत्पादनमा पनि आकर्षित भएका छैनन्। यही उत्पादन श्रृंखलालाई पूरा गर्ने योजनामा भाटभटेनीसँग व्यवसायी उमेश श्रेष्ठल पनि जोडिएका छन्।










