समय : ०३:५३ am | बुधबार , वैशाख २९ गते २०८३

सुनको मूल्य १२ डलरले बढ्यो

अर्थ विशेष | असार २७ गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.५१ प्रतिशत अर्थात १२ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३७७ डलर कायम भएको छ।

आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतिऔंस ०.४५ प्रतिशत अर्थात ०.१४ डलरले बढेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.९५ डलर कायम भएको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्