समय : ११:५१ am | बिहिबार , मंसिर ४ गते २०८३

लक्ष्मी सनराइज बैंकले डाक्यो साधारणसभा

अर्थ विशेष | मंसिर ४ गते २०८३


काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको ३३३औँ बैठकले आगामी मंसिर २५ गते शुक्रबार वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ। उक्त प्रस्तावअनुसार बैंकले १ अर्ब ३३ करोड ९० लाख ५८ हजार १७३ रुपैयाँ बराबरको बोनस सेयर जारी गर्नेछ।

बोनस सेयर वितरणका लागि आवश्यक हदसम्म बैंकको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्तावसमेत सभामा पेस गरिनेछ।

यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्