समय : ०२:१७ pm | शुक्रबार , कार्तिक २८ गते २०८३

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

अर्थ विशेष | कार्तिक २८ गते २०८३

काठमाडौं । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३९०.७२ रुपैयाँको कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ३.४० प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी ३३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्