समय : ०५:४९ pm | बुधबार , कार्तिक १९ गते २०८३

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट

अर्थ विशेष | कार्तिक १९ गते २०८३

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।

अर्थमन्त्री वाग्ले र विदेश सचिव मिश्रीबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो। भेटमा दुवैजनाले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरेका छन्।

भेटमा अर्थसचिव डा घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु सहभागी थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्