काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ४० अंकले बढेर २,६६५ को विन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५८ कम्पनीको २ करोड १२ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै श्वेत गंगा हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५१ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले ११ दशमलव ४८ प्रतिशतका दरले कमाएका हुन् । श्वेत गंगाका लगानीकर्ताले ८ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिभिल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६ दशमलव ३४ प्रतिशतका दरले गुमाएका हुन् ।










