समय : ०३:५० pm | सोमबार , कार्तिक १७ गते २०८३

बढ्यो सुनको भाउ

अर्थ विशेष | कार्तिक १७ गते २०८३

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ७२ हजार रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ६५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्