समय : ०३:४९ pm | सोमबार , कार्तिक १७ गते २०८३

आरएसडीसी लघुवित्तले लाभांश दिने

अर्थ विशेष | कार्तिक १७ गते २०८३

काठमाडौं। आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँ छ। यसको ९.४० प्रतिशतले हुन आउने ९ करोड ७२ लाख २ हजार ५५ रुपैयाँ २० पैसा नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्