समय : ०४:०८ am | बुधबार , वैशाख २९ गते २०८३

अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालन

अर्थ विशेष | असार २६ गते २०८१

लमजुङ । पहिरोले अवरुद्ध डुम्रे(बेँसीसहर सडक खुलेको छ।मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका- १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए।सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्