समय : १२:०६ pm | आइतबार , असाेज २५ गते २०८३

आज बढ्यो सुन चाँदीको भाउ

अर्थ विशेष | असाेज २५ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ८ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुन तोलामा २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको ३५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ४४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ४०५ रुपैयाँमै कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्