काठमाडौँ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले पहिलो नामावली सार्वजनिक गरेको हो।
सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौर गरी तीन जनाको उम्मेदवारी परेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ।
खुला उपसभापतिमा नौ जना तथा समावेशी उपसभापतिमा पाँच जनाको उम्मेदवारी परेको छ। त्यस्तै खुला महामन्त्रीमा आठ र महिला महामन्त्रीमा तीन जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका अनुसार प्रारम्भिक नामावलीमाथि आज बिहान १० बजेदेखि १२ बजेसम्म दाबी–विरोध गर्न सकिनेछ। दाबी–विरोधको प्रक्रिया पूरा भएपछि अन्तिम नामावली सार्वजनिक गरिनेछ।
प्रकाशित सूची यसप्रकार रहेको छः










