समय : ०४:५७ pm | शुक्रबार , असाेज १६ गते २०८३

नेप्सेमा दोहोरो अंकको गिरावट

अर्थ विशेष | असाेज १६ गते २०८३

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । हिजो सामान्य बढेर बन्द भएको बजार आज घटेर बन्द भएको हो । आज नेप्से परिसूचक ११ दशमलव ९० अंकले घटेर २,५८७ को विन्दुमा कायम भएको छ । आज ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५६ कम्पनीको १ करोड १९ लाख १२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८९को इकाई कारोबार भएको छ । आज यसको २६ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १४ करोड ८४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १४ दशमलव २९ प्रतिशतका दरले कमाएका हुन् । एसबिएल डिबेञ्चर २०८९ का इकाईधनीले ८ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । माण्डु हाइड्रोका लगानीकर्ताले ५ दशमलव ४५ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ८ दशमलव ५५ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्