समय : १०:२३ pm | मङ्गलबार , पौष ९ गते २०८१

पर्सामा ६० प्रतिशत रोपाइँ सम्पन्न

अर्थ विशेष | असार २५ गते २०८१

पर्सा । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आजसम्म पर्सामा ६० प्रतिशत रोपाइँ भएको छ। हालसम्म २८ हजार २ सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो।पर्सामा ४७ हजार १ सय ३० हेक्टरमा धानखेती हुने गरेको छ। केन्द्रका अनुसार साउनको दोस्रो सातासम्म पर्सा जिल्लाका सबै ठाउँमा रोपाइँ सकिने छ।विगतको वर्षको तुलनामा यो वर्ष मनसुन पनि चाँडो भित्रिएको र भारतीय पक्षले गण्डक नहरबाट पानी पनि उपलब्ध गराएकाले रोपाइँले गति लिएको हो।पर्सामा आव २०७८/७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन उत्पादन भएको थियो। यहाँ हरदिनाथ, सोनामन्सुली सावित्री जातका धान रोप्ने गरिन्छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्