समय : ०२:३१ pm | बिहिबार , भाद्र २५ गते २०८३

सुन चाँदीको भाउमा भारी वृद्धि

अर्थ विशेष | भाद्र २५ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा भारी वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला सुन ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ८५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्