समय : ०५:४९ pm | शुक्रबार , भाद्र १९ गते २०८३

आईसिएफसि फाइनान्सले असोज १३ गते डाक्यो सभा

अर्थ विशेष | भाद्र १९ गते २०८३

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न आईसिएफसि फाइनान्सले वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सको सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले असोज १३ गते बौद्ध हेरिटेज बौद्ध पिपलबोट काठमाडौंमा बिहान १० बजे २३औँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको कर प्रयोजनसहित १०.५२ प्रतिशतका दरले १२ करोड ४५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

सभाबाट संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक को नियुक्ति तथा पारिश्रमिक तोक्नेछ । बहालवाला लेखापरीक्षक एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस पुनः नियुक्तिका लागि योग्य रहेको जनाएको छ ।

साथै सभाले सञ्चालकको सेवा सुविधा थप गर्ने र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ५ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्