समय : ०४:२६ am | बुधबार , वैशाख २९ गते २०८३

सुनको मूल्य ओरालो लाग्ने क्रम आज पनि जारी

अर्थ विशेष | असार २५ गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ०.९० प्रतिशत अर्थात २१.५२ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३६४.४९ डलरमा सीमित बनेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस ०.५९ प्रतिशत अर्थात ०.१९ डलरले घटेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.९४ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्