समय : ०७:१८ pm | सोमबार , भाद्र १५ गते २०८३

नेपाली सेनाद्वारा माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र

अर्थ विशेष | भाद्र १५ गते २०८३

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘बी’ को सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्य जारी राखेको छ ।

नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ विशेषज्ञ टोली निजी हेलिकप्टरमा नुवाकोटको त्रिशूली पुगेको थियो । त्यसपछि नेपाली सेनासँग समन्वय गरी माथिल्लो त्रिशूली–३ ‘बी’ को सुरुङ क्षेत्रमा पुगेको थियो ।

सेनाका अनुसार उक्त टोलीले माथिल्लो त्रिशूली–३ ‘बी’ को सुरुङ क्षेत्रमा रेकी गरेको थियो । चिनियाँ उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा पनि रेकी गरेको थियो । त्यसपछि दुवै जलविद्युत् आयोजनाको रेकीपश्चात् उक्त टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो ।

आइतबार मात्रै त्रिशूली–३ ‘बी’ मै नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास गरेका थिए । आज बिहान ९ बजे नेपाली सेनाको भैरवनाथ गणका थप १६ जनासहित ३१ जनाले खोज तथा उद्धारको प्रयास जारी राखेको नेपाली सेनाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्