समय : ११:२६ am | आइतबार , भाद्र १४ गते २०८३

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

अर्थ विशेष | भाद्र १४ गते २०८३

म्याग्दी । मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको ‘उज्यालो म्याग्दी’ कार्यक्रममार्फत पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका लागि एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान भएको छ ।

एक सय ३२ घर रहेको पन्थोकमा गौडाखोला लघुजलविद्युत् परियोजना तथा ७२ घर भएको जुग्जामा पेल्ट्रिक सेटबाट विद्युत् उत्पादन गरी उपभोक्तामा आपूर्ति भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्