समय : ०७:०४ pm | बुधबार , भाद्र ३ गते २०८३

साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात

अर्थ विशेष | भाद्र ३ गते २०८३

काठमाडौं। नेपालमा गत साउन महिनामा ५७ हजार ३१६ मेट्रिक टन एलपी ग्यास आयात भएको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो पाँच महिनामध्ये साउनमा सबैभन्दा बढी ग्यास आयात भएको हो ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार असारमा ४४ हजार ५४४, जेठमा ३२ हजार ८४२, वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास आयात भएको थियो ।

साउनमा मात्रै देशभर ४० लाख ३६ हजार ३६४ थान ग्यास सिलिन्डर बिक्री वितरण भएको निगमले जनाएको छ । निर्देशक उपाध्यायका अनुसार असारको तुलनामा साउनमा करिब नौ लाख थान बढी सिलिन्डर बिक्री भएको हो ।

एलपी ग्यासको आयात तथा बिक्री वितरण आगामी दिनमा पनि निरन्तर हुने जनाउँदै उपाध्यायले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्