समय : ०३:४७ pm | बुधबार , भाद्र ३ गते २०८३

रुपाकोट रिसोर्टले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्तकाठमाडौं ।

अर्थ विशेष | भाद्र ३ गते २०८३

काठमाडौं ।कास्कीको रुपा–६ स्थित रुपाकोट रिसोर्टले सर्वसाधारणका लागि आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

रिसोर्टले आइपीओ ल्याउन धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको हो। अब आइपीओ आवश्यक पर्ने सम्पूर्ण परामर्शसहितको सेवा उपलब्ध गराउने गरी एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच दुई पक्षीय सम्झौता सम्पन्न भएको छ।
रुपाकोट रिसोर्ट नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको एक आकर्षक गन्तव्यका रुपमा स्थापित हुँदै आएको छ। प्राकृतिक सौन्दर्य, शान्त एवं रमणीय वातावरण, हिमाली शृंखलाको मनोरम दृश्य तथा रुपा र बेगनास तालको मनमोहक दृश्यावलोकन गर्न सकिने विशेष भौगोलिक अवस्थित रिसोर्टको प्रमुख विशेषताका रुपमा रहेका छन्।

पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले रिसोर्टले आफ्नो सेवा निरन्तर विस्तार गर्दै आइरहेको छ।

पछिल्लो समयमा रुपाकोट रिसोर्टले आधुनिक सुविधा र स्थानीय प्राकृतिक तथा सांस्कृतिक परिवेशबीचको सन्तुलन कायम गर्दै पाहुनालाई आरामदायी तथा अविस्मरणीय आतिथ्य अनुभव प्रदान गर्दौ रिसोर्टमा उपलब्ध आवासीय सुविधा, भोजन तथा पेय पदार्थ सेवा, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधारले यसलाई पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत उपयुक्त गन्तव्यका रुपमा विकास गर्न सफल भएको छ।

यसैगरी एनआईसी एसिया क्यापिटलले ‘आइडिया टु आइपीओ’ सेवाअन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्कासनसम्मको कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्