काठमाडौं । आज साताको पहिलो कारोबार दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ९ दशमलव ०४ अंकले घटेर २,६४१ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५२ कम्पनीको १ करोड ९ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ३७ लाख रुपैयााको शेयर कारोबार भएको छ । रिडी पावरको २९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको १२ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । दरमखोला हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ४ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोलाका लगानीकर्ताले ४ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रिलायबल समृद्धि योजना २ का इकाइधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ दशमलव ७० प्रतिशतका दरले गुमाएका हुन् ।










