समय : ०३:०२ pm | शुक्रबार , श्रावण २२ गते २०८३

सानिमा जिआईसी इन्स्योरेन्सको २ लाख ६१ हजार कित्ता शेयर बिक्रीमा

अर्थ विशेष | श्रावण २२ गते २०८३

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको २ लाख ६१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको २ लाख ६१ हजार ७३५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। यो अवधिभित्र संस्थापक शेयरधनीहरुले काठमाडौंको टंगालस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्