समय : ०३:०१ pm | शुक्रबार , श्रावण २२ गते २०८३

कुमारी म्युचुअल फन्डका ४ योजनाको लाभांश घोषणा

अर्थ विशेष | श्रावण २२ गते २०८३

काठमाडौं । कुमारी म्युचुअल फन्डका ४ योजनाको लाभांश घोषणा गरिएको छ।

कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेका कुमारी इक्विटी फन्ड, कुमारी धनवृद्धि योजना, कुमारी सबल योजना र कुमारी सुनौलो लगानी योजनाको आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरिएको हो। जसअनुसार कुमारी इक्विटी फन्डका इकाइधनीलाई १० प्रतिशत, कुमारी धनवृद्धि योजनाका इकाइधनीलाई १० प्रतिशत र कुमारी सबल योजनाका इकाइधनीलाई २.९० प्रतिशत नगद लाभांश वितरण गरिने योजना व्यवस्थापकले जनाएको छ।

ती तीन योजना बन्दमुखी हुन्। यी योजनाको लाभांश वितरणार्थ आउँदो भदौ ४ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ भदौ ४ गतेभन्दा अघिसम्म कायम इकाइधनीले तोकिएको लाभांश पाउनेछन्।

यसैगरी कुमारी सुनौलो लगानी योजना खुलामुखी योजना हो। यसका लागि लगानीकर्तालाई ४.७० प्रतिशत नगद लाभांश वितरण गरिने योजना व्यवस्थापकले जनाएको छ। यो लाभांश वितरण गर्न योजना व्यवस्थापनले भदौ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ २० गतेसम्म इकाइधनी कायम इकाइधनी यो लाभांश पाउन योग्य हुनेछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्