काठमाडौं । आज पनि शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव १३ अंकले घटेर २६०० को विन्दुमा कायम भएको छ । आज १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ । आज बैंकिङ, विकास बैंक, फाइनान्स, होटल्स एन्ड टुरिजम, हाइड्रोपावर, जीवन बीमा र अन्य उप समुह घटेका छन् ।
आज दिनभरिमा ३६७ कम्पनीको १ करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल बैंक डिबेञ्चरको इकाई कारोबार भएको छ । आज यसको ८९ करोड ९१ लाख रुपैयाँको इकाई कारोबार भएको छ । आरबीबी डिबेञ्चरको ६९ करोड ८५ लाख रुपैयाँको इकाई कारोबार भएको छ । सानिमा डिबेञ्चरको २८ करोड ५९ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस संस्थाका लगानीकर्ताले १० दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् । कुमारी इक्विटी फन्डका इकाईधनीले ९ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । कालंगा हाइड्रोका लगानीकर्ताले ६ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै भगवती हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ८४ प्रतिशतका दरले गुमाएका हुन् ।










