समय : ०७:२४ pm | बिहिबार , असार २५ गते २०८३

राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

अर्थ विशेष | असार २५ गते २०८३

काठमाडौँ । राष्ट्रिय सभाको बैठकले ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको यो विधेयक राष्ट्रिय सभाबाट पारित भएसँगै अब पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो ‘विधेयक सुझावविना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि उनले विधेयकमाथि दफाबार छलफलका लागि प्रस्ताव राखेका थिए ।

दफाबार छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्यहरू डा. प्रेम दङ्गाल, सम्झना देवकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले शिक्षा र स्वास्थ्य सेवामा थप कर लगाउन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकको शून्य समयमा सांसदहरूले सुकुमवासीका लागि सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्नेलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्