समय : ०६:२४ pm | सोमबार , असार १५ गते २०८३

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

अर्थ विशेष | असार १५ गते २०८३


काठमाडौँ । राष्ट्रियसभा सदस्यहरूले कृषिलाई राज्यको प्राथमिकतामा राख्दै खाद्यान्नमा आत्मनिर्भर हुने दीर्घकालीन नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले कृषि उत्पादन वृद्धि, किसानको संरक्षण र खाद्य सुरक्षालाई केन्द्रमा राखेर प्रभावकारी नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद दुर्गा गुरुङले गरिब, सीमान्तकृत तथा भूमिहीन नागरिकको हकहित सुनिश्चित हुने गरी कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइन् ।

सांसद नरबहादुर विष्टले विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनुपर्ने धारणा राखे ।सांसद सम्झना देवकोटाले धान तथा बीउ उत्पादनमा आत्मनिर्भर हुने वातावरण सिर्जना गर्न सरकारसँग माग गरिन्।

त्यसैगरी, सांसद मोहम्मद खालिदले होल्डिङ सेन्टरसम्बन्धी उठेका प्रश्नलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

सांसद विष्णुकुमारी सापकोटाले कुनै पनि राजनीतिक दलले बालबालिकालाई सदस्यता दिने वा राजनीतिक गतिविधिमा प्रयोग गर्ने कार्य उपयुक्त नहुने धारणा व्यक्त गर्दै बालअधिकारको संरक्षणमा सबै दल जिम्मेवार हुनुपर्ने बताइन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्