समय : ११:३३ am | आइतबार , असार १४ गते २०८३

सुनचाँदीको मूल्य बढ्यो

अर्थ विशेष | असार १४ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी रु १४५ ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुुन रु दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३२५ कायम भएको छ ।

गत शुक्रबार एक तोला सुन रु दुई लाख ७९ हजार १०० र चाँदी रु चार हजार १८० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्