समय : ०४:२१ pm | शुक्रबार , असार १२ गते २०८३

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण

अर्थ विशेष | असार १२ गते २०८३

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय महेन्द्रनगर मार्फत बेदकोट नगरपालिका वडा नं ८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

बैंकको महेन्द्रनगर शाखा प्रमुख कृष्ण सिहं भाटले बेदकोट ८ का वडा अध्यक्ष महेशदत्त जोशीको उपस्थितिमा विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरे ।

कार्यक्रममा वडा अध्यक्ष जोशीले सामुदायिक विद्यालयमा अधिकांश कमजोर तथा आर्थिक अवस्थाका विद्यार्र्थी हुने भएकाले बैंकको शैक्षिक सामागी सहयोगबाट पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैंकका महेन्द्रनगर शाखा प्रमुख भाटले विद्यालयमा वितरण गरिएको स्टेशनरी तथा शैक्षिक सामाग्रीले समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, बेदकोट ८ का वडा अध्यक्ष, श्री बैजनाथ माध्यमिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्