समय : १२:५० pm | शुक्रबार , असार १२ गते २०८३

पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार असार २६ गतेदेखि शुरु हुने

अर्थ विशेष | असार १२ गते २०८३


काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भई यही असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सञ्चालन हुने भएको छ। मर्जरपछि दुवै संस्थाको संयुक्त कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट सञ्चालन हुनेछ।

नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको जानकारी दुवै संस्थाले दिएका छन्। स्वीकृति अनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य वित्तीय दायित्वहरू अब गाभ्ने संस्था पोखरा फाइनान्स लिमिटेडले वहन गर्नेछ।

मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका–२८, पुतलीसडकमा रहनेछ, जुन पहिले समृद्धि फाइनान्सको कार्यालय रहेको स्थान हो।

एकीकृत कारोबार सुरु गर्न आवश्यक प्रणाली एकीकरणका लागि असार २५ गते एक दिन दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको छ। त्यसपछि असार २६ गतेदेखि सम्पूर्ण सेवा नयाँ एकीकृत प्रणालीमार्फत सञ्चालन गरिनेछ।

दुवै संस्थाले ग्राहक, सेयरधनी तथा सम्बन्धित सबै सरोकारवालाहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना मागेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्