समय : ०६:०२ pm | सोमबार , असार ८ गते २०८३

प्राइम टायल्सको शोरुम उद्घाटन सम्पन्न

अर्थ विशेष | असार ८ गते २०८३

काठमाण्डौ । प्राइम टायल्सले जोरपाटीको नेपालटारस्थित स्वागत ट्रेडिङ ग्रुपमा आफ्नो नयाँ लक्जरी शोरुम सञ्चालनमा ल्याएको छ। आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्यसहित शोरुमको औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ। माननीय प्रकाश मानसिंह राउतको प्रमुख आतिथ्यमा उक्त सोरुमको उद्घाटन सम्पन्न गरिएको हो।
उद्घाटन समारोहमा निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानीय उपभोक्ता, सञ्चारकर्मी तथा निर्माण क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीप कुमार झा, क्षेत्रीय बिक्री प्रमुख किरण राज पन्त लगायत टोलीले अतिथिहरूलाई स्वागत गरेका थिए।

नयाँ शोरुममा विभिन्न आकार, डिजाइन, टेक्स्चर तथा फिनिसिङका सयौँ प्रकारका टायल्स उपलब्ध रहेका छन् र आवासीय, व्यावसायिक, होटल तथा अन्य निर्माण परियोजनाका लागि उपयुक्त फ्लोर, वाल, टेरेस तथा डेकोरेटिभ टायल्सका आकर्षक विकल्पहरू ग्राहकहरूले एउटै स्थानमा प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार यो शोरुम केवल बिक्री केन्द्र मात्र नभई ग्राहक, इन्जिनियर, आर्किटेक्ट तथा निर्माण व्यवसायीहरूलाई आवश्यक उत्पादन जानकारी, डिजाइन सुझाव तथा प्राविधिक परामर्श उपलब्ध गराउने केन्द्रका रूपमा समेत विकास गरिएको छ।

प्राइम टायल्सले स्वदेशमै उत्पादन भएका गुणस्तरीय टायल्समार्फत नेपाली निर्माण क्षेत्रको आवश्यकता पूरा गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि देशभर आफ्नो बिक्री सञ्जाल विस्तार गर्दै ग्राहकलाई उत्कृष्ट उत्पादन र सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्