समय : ०५:१९ am | बुधबार , वैशाख २९ गते २०८३

गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

अर्थ विशेष | असार २० गते २०८१

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०र८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको छ। पालिकाले सोही आवमा ३४ करोड ५५ लाख ७५ हजार रूपैयाँ विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५ दशमलव ४७ प्रतिशत खर्च गरेको छ।समग्रमा ६० दशमलव १४ प्रतिशत खर्च भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए। चालु आर्थिक वर्षको कूल विनियोजित बजेटको ८८ दशमलव ३२ प्रतिशत खर्चहुने अनुमान गरिएको छ।

उनले भने, ुउक्त आवमा गाउँपालिकाको आन्तरिक राजस्व १६ लाख रूपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा ११ लाख रूपैयाँमात्र उठेको छ।ु आर्थिक वर्ष २०८१र८२ मा पालिकाले १८ लाख रूपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।महालेखापरीक्षकको कार्यालयले गत जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनअनुसार गुठिचौर गाउँपालिकाको लेखापरीक्षणबाट पाँच करोड एक लाख ४४ हजार रूपैयाँ बेरुजु देखिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्