जनकपुर । नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर इनर्जी नेपालले जनकपुरमा आफ्नो नयाँ एथर एक्सपेरियन्स सेन्टरको उद्घाटन गरेको छ ।
यससँगै कम्पनीले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारीको विस्तारलाई तीव्र गति दिने प्रतिबद्धता जनाएको छ । जनकपुरको मिल्स एरियामा अवस्थित नयाँ एक्सपेरियन्स सेन्टर सोमबारदेखि नै सञ्चालनमा ल्याइएको छ । जसको व्यवस्थापन नितिन ट्रेड लिंकले गर्नेछ ।
नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनसँगै एथर नेपालका अब देशभर १० वटा एक्सपेरियन्स सेन्टर पुगेका छन् । जसमा काठमाडौं उपत्यकाभित्र ५ वटा तथा पोखरा, चितवन, इटहरी, र बुटवलमा रहेका शाखाहरू समावेश छन् ।
साथै ग्राहकलाई सहज तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्न कम्पनीले देशभर ९ वटा आधिकारिक सर्भिस सेन्टर पनि सञ्चालन गरिरहेको छ। एथरले नेपालकै दुई-पाङ्ग्रे EV क्षेत्रमा सबैभन्दा लामो ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी पनि उपलब्ध गराउँदै आएको छ। जनकपुर एक्सपेरियन्स सेन्टरमा एथरको सम्पूर्ण उत्पादन श्रृंखला उपलब्ध हुने बताइएकव छ । जसमा पफर्मेन्स केन्द्रित एथर ४५० सिरिज् तथा आधुनिक परिवारमुखी एथर रिज्टा समावेश छन्।
जनकपुर एक्सपेरियन्स सेन्टरमा आउने ग्राहकहरूले एथर स्कुटरहरूको लाइभ डिस्प्ले तथा प्रडक्ट डिमोन्सट्रेसन अनुभव गर्न सक्नेछन् । साथै एथर ४५० सिरिज् र रिज्टाको टेस्ट राइड गर्न सक्नेछन् । यस्तै स्मार्ट फिचर्स तथा कनेक्टेड टेक्नोलोजीबारे जानकारी लिन र फाइनान्सिङ तथा एक्सचेञ्जबारे जानकारी लिन सक्नेछन् ।
एथर जनकपुरको उद्घाटनको अवसरमा ग्राहकहरूका लागि ४ गते जेठ २०८३ सम्म लागू हुने विशेष सीमित अवधिको उद्घाटन अफर उपलब्ध गराइएको छ। यस विशेष योजनाअन्तर्गत अथरले विस्तारित ब्याट्री वारेन्टी, आकर्षक शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा अतिरिक्त एक्सचेञ्ज भ्यालुएसन सुविधा प्रदान गरिरहेको छ, जसले जनकपुरका ग्राहकहरूलाई स्मार्ट, भरपर्दो र आधुनिक विद्युतीय मोबिलिटी रोज्न अझ सहज बनाउने कम्पनीले जनाएको छ ।










