समय : ०२:३१ pm | आइतबार , वैशाख २७ गते २०८३

मञ्जुश्री फाइनान्सलाई ‘वेस्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्ड’

अर्थ विशेष | वैशाख २७ गते २०८३

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडलाई न्यू बिजनेस एजद्वारा आयोजित दसौँ न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्डस्–२०२६ समारोहमा ‘वेस्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्ड–२०२६’ बाट सम्मानित गरिएको छ ।

उत्कृष्ट वित्तीय सूचक, संस्थागत सुशासन, प्रभावकारी व्यवस्थापन, वित्तीय स्थायित्व, ग्राहक सेवा तथा नवप्रवर्तनमा उल्लेखनीय योगदान पुर्‍याएको आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

यस अवार्डले कम्पनीको पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता, डिजिटल बैंकिङ सेवा विस्तार तथा दिगो वित्तीय विकासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । कम्पनीले ग्राहककेन्द्रित सेवा र आधुनिक वित्तीय समाधानमार्फत वित्त क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्दै आएको छ ।

यस उपलब्धिले कम्पनीलाई आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा संस्थागत विकासतर्फ अग्रसर हुन प्रेरित गरेको कम्पनीले जनाएको छ । २८ वटा शाखा तथा एक विस्तारित काउन्टर रहेको यस फाइनान्सले विप्रेषण, मोवाइल बैंकिङ, इएमआई सुविधासहितको भर्चुअल क्रेडिट कार्ड र एटिएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्