समय : ०६:०२ am | बुधबार , वैशाख ३० गते २०८३

तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न

अर्थ विशेष | असार १८ गते २०८१

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले पालिकाले चालु आर्थिक वर्ष २०८०र८१ मा विभिन्न ६१ वटा विकासे योजना सम्पन्न गरिसकेको जनाएको छ।गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले ८३ मध्ये ६१ योजना निर्माणकार्य सम्पन्न भएको जानकारी दिए।निर्माण सम्पन्न भएका केही योजनाको भुक्तानी भइसकेको र ठेक्काबाट सञ्चालन भएका योजनाहरुको भने कार्यसम्पन्न प्रतिवेदन प्राप्त भएपछि भुक्तानी गरिने उनले बताए।

पालिकाले आर्थिक वर्ष २०७९र८० मा एक सय ६५ वटा विकास आयोजना सम्पन्न गरेको थियो। महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार तिलाका नौवटा वडा र पालिकास्तरमा गरी कुल एक सय ६५ योजना सम्पन्न भएका हुन्। तीमध्ये ५० लाखमाथिका १५, पाँच लाखदेखि ५० लाखसम्मका एक सय २० र पाँच लाखभन्दा कम लागतका ३० वटा आयोजना रहेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्