समय : ०३:४४ pm | शुक्रबार , वैशाख ४ गते २०८३

बजारबाट १०० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

अर्थ विशेष | वैशाख ४ गते २०८३

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज १०० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५६ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ २९ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्