समय : १०:१४ am | बिहिबार , चैत्र २६ गते २०८२

सर्वसाधारणका लागि मितेरी डेभलपमेन्ट बैंकको ७८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | चैत्र २६ गते २०८२

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्