काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना के एल दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ ले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच खड्कालाई ब्रान्डको नयाँ अनुहारको रूपमा सार्वजनिक गरेको हो ।
यस साझेदारीमार्फत कम्पनीले आफ्नो ब्रान्ड पहिचानलाई थप ऊर्जावान् बनाउने र विशेषगरी नयाँ पुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ । सन् १९८९ मा स्थापना भएको के एल दुगर ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास आर्जन गर्दै आएको छ । कम्पनीका अनुसार ज्ञान ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गरेको छ ।
ज्ञान मसलासँग जोडिन पाउँदा अभिनेत्री स्वस्तिमा खड्काले पनि खुसी व्यक्त गरेकी छन् । उनले लामो समयदेखि आफ्नो घरमा समेत प्रयोग हुँदै आएको ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तामाझ पुर्याउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाइन् ।
उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले हाल १४ विभिन्न प्रकारका मसलाहरू बजारमा उपलब्ध गराएको छ । बजारको मागअनुसार गुणस्तर र सान्दर्भिकता कायम राख्दै नयाँ उत्पादनहरू पनि थप्दै जाने कम्पनीको योजना छ ।









