काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत २४ गते सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।









