काठमाडौं । गरिमा विकास बैंकको ६३ हजार २०० कित्ता शेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
शेयर खरिदका लागि निवेदन १५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ।









