समय : ०३:१७ pm | बुधबार , चैत्र १८ गते २०८२

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

अर्थ विशेष | चैत्र १८ गते २०८२

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा आर्थिक गणना हुने भएको छ । आर्थिक गणना कार्यालयका अनुसार गणनाका लागि १७ जना गणक र तीन जना सुपरीवेक्षक परिचालन गरिने छन् ।
आर्थिक गणना कार्यालयका प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार जिल्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानको विस्तृत विवरण सङ्कलन गरिने छ ।

आर्थिक गणना २०७५ को तथ्याङ्कअनुसार जिल्लामा एक हजार ५ सय ६९ व्यापारिक प्रतिष्ठान, एक हजार २ सय ४६ सेवा प्रतिष्ठान र २ सय ६३ उद्योग प्रतिष्ठान सञ्चालनमा छन् । यहाँका आठवटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी एक हजार ५८ उद्योग दर्ता छन् । गुठिचौर गाउँपालिकामा सबैभन्दा कम २ सय १० उद्योग दर्ता छन् ।

यसैगरी, कनकासुन्दरीमा ३ सय ७४, तिलामा ३ सय ५८, पातारासीमा ३ सय ८, सिँजामा २ सय ९२, तातोपानीमा २ सय ६७ र हिमामा २ सय ११ प्रतिष्ठान रहेको आर्थिक गणना कार्यालय प्रमुख धामीले बताए । यसपटक जुम्लामा वास्तविक र अद्यावधिक आर्थिक अवस्था झल्काउने गरी गणना गरिने जिल्ला आर्थिक गणना कार्यालय जुम्लाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्