काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ थियो ।त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर ४ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७२० रुपैयाँ थियो ।
सुन र चाँदी दुवैको मूल्य घट्यो









