समय : ०१:१३ pm | बिहिबार , चैत्र १२ गते २०८२

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

अर्थ विशेष | चैत्र १२ गते २०८२

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ ।

शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे बजे हुने छ । तर संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ ।सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने शपथको सबै तयारी पूरा भइसकेको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शीतल निवासमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी गरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्