समय : ११:१७ am | बिहिबार , चैत्र १२ गते २०८२

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

अर्थ विशेष | चैत्र १२ गते २०८२

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ ।

विभागले बुधबार एक विज्ञप्ति जारी गरी पिलग्रिम्स ग्रोसरी प्रालि स्वयम्भूलाई रु दुई लाख एक हजार बराबरको जरिवाना र आरएस किराना तथा ग्यास पसल ललितपुर भँैसेपाटीलाई रु १० हजार जरिवान गरेको जनाएको छ । यस्तै, थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको जनाएको हो । 

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्मलाई जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ । विभागले नियमित रूपमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको सहभागितामा नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्