काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनी वीक २०२६ अन्तर्गत साता भरिनै स्मार्ट मनी टक्सलाई मध्येनज़र गर्दै आफ्ना देश भरिका शाखाहरुबाट विभिन्न संदेशमुलक कार्यक्रमहरु गरेको छ । विभिन्न संघ संस्थामा गएर वित्तिय साक्षरतालाई महत्व दिदै विभिन्न वर्गका ग्राहकहरुलाई जानकारी पुर्याउने मनशायले आयोजना गरेको कार्यक्रममा विद्यार्थी देखि लिएर कर्मचारी सम्म, घर गृहणी देखि लिएर सर्वसाधारण सम्म, सम्पूर्णमा कार्यक्रम गरि वित्तिय सचेतनाको जानकारी उपलब्ध गराएको छ ।
यस्ता कार्यक्रमका साथ साथै मन्जुश्री फाइनान्सले बचत एउटा बानी हो, क्mबचत ःयलभथ त्बपिक जस्ता नाराहरुका साथ प्रभात फेरी कार्यक्रमको आयोजना र सहभागिता पनि जनाएको थियो ।
हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.६ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाइनान्सले २८ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ भने १ लाख ८ ७ हजार भन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिदै आइरहेको छ।









