समय : ०४:४२ pm | आइतबार , चैत्र ८ गते २०८२

नेरुडे मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ विशेष | चैत्र ८ गते २०८२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा ग्लोबल मनी विकको अवसरमा चैत ७ गते शनिबार बर्दिबास शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा शाखा कार्यालयका सदस्यहरू, स्थानीय युवा–युवतीहरू तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सभापतित्व सगरमाथा नेरुडे मिर्मिरे महिला समूह केन्द्र नं १६४ की सदस्य रमा कुमारी बिष्टले गरेकी थिइन् । कार्यक्रममा संस्थाका मधेश प्रदेश प्रमुख, ढल्केवर क्लस्टर प्रमुख, हरिवन क्लस्टर प्रमुख तथा बर्दिबास, इमलिचोक, ढल्केवर, भंगहा, हरिवन, स्कुलचोक र खयरमारा शाखा कार्यालयका प्रमुखहरू सहित कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत सहभागीहरूले वित्तीय सचेतनासम्बन्धी सन्देश अंकित प्लेकार्डसहित बर्दिबास बजार क्षेत्रमा प्रभातफेरी आयोजना गरी आम नागरिकमा वित्तीय अनुशासन, बचतको महत्व, जिम्मेवार कर्जा प्रयोग तथा ठगीबाट सचेत रहनुपर्ने सन्देश प्रवाह गरेका थिए।

यसैगरी, बर्दिबास नगरपालिका–३ स्थित रारा प्राविधिक शिक्षालयको सभाहलमा औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी विविध विषयहरूमा अन्तरक्रिया, छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो। सहभागीहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्न क्विज प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसमा सही उत्तर दिने सहभागीहरूलाई संस्थाको तर्फबाट आकर्षक उपहार प्रदान गरिएको थियो।

संस्थाका प्रतिनिधिहरूले वित्तीय साक्षरताले व्यक्तिको आर्थिक सुदृढीकरण, बचत संस्कृतिको विकास तथा दीगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। साथै, यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने जानकारी गराइएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्